सहमतिमै नेतृत्व चयन हुन्छ : बादल

सफल खबर संवाददाता

विहीबार, ०९ मंसिर २०७८, १३ : ०८
सहमतिमै नेतृत्व चयन हुन्छ :  बादल

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं १०औँ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा ‘बादल’ले सहमतिबाटै नेतृत्व गर्ने पार्टीको निश्कर्ष रहेको बताएका छन् ।

CG Developers Tansen Cement box

महाधिवेशनमा सहभागी हुन बिहीबार चितवन आइपुगेका बादलले सहमति नभए केही पदमा निर्वाचन हुन सक्ने बताए ।आफु कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा अझै टुंगोमा नपुगिएको भन्दै उनले अब निर्णय गर्ने बताए ।

‘स्थानीय तहमा सहमतिले नै नेतृत्व चयन गर्‍र्यौँ । अहिले केन्द्रीय समितिको पनि सकेसम्म सहमतिले नै नेतृत्व चयन गर्ने भन्ने पार्टीको निश्कर्ष छ । सहमति भएन भने केही पदमा निर्वाचन हुन पनि सक्छ ।’महाधिवेशनमा सहभागी हुन एमाले शीर्ष नेताहरु चितवन आउने क्रम सुरु भएको छ । 

प्रतिक्रिया दिनुहोस