प्रधानन्यायाधीशको राजिनामा माग गर्दै आज सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास

सफल खबर संवाददाता

विहीबार, ०९ मंसिर २०७८, १० : १४
प्रधानन्यायाधीशको राजिनामा माग गर्दै आज सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास

file Photo

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजिनामा माग गर्दै  नेपाल बार एसोसिएसन, बृहत् नागरिक आन्दोलनसहित विभिन्न पेशागत संघसंस्थाले आज काठमाडौंमा संयुक्त मार्चपास गर्ने भएका छन्।

CG Hills

 बार एसोसिएन, पत्रकार महासंघ, शिक्षक महासंघ, ईन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, आदिवासी जनजाति महासंघ र बृहत नागरिक आन्दोलनले प्रधानन्यायाधीश राणाविरुद्ध सिंहदरबारदेखि बालुवाटारसम्म संयुक्त रूपमा ‘न्याय मार्च’ गर्न लागका हुन्।

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानविन गर्न माग गर्दै सर्वोच्च अदालतको गेटबाट बिहीबार दिउँसो २ बजे सुरू हुने न्याय मार्चपास वालुवाटार पुगेर सकिनेछ। यसैबीच मार्चमा सहभागी हुन उनीहरूले आम नागरिकलाई संयुक्त रुपमा अपिलसमेत गरेका छन्।

‘प्रधानन्यायाधीश जबराको आचरण, न्यायिक क्षमता र नेतृत्वमाथि गम्भीर आक्षेपका साथै न्यायाधीश तथा अधिवक्ताहरु आन्दोलित हुनुपरेको परिस्थितिको जटिलतालाई बेवास्ता गरेर गठबन्धन सरकारले जबराको निरन्तरतामा आफ्नो मिलेमतो रहेको छर्लंग्याएको छ,’ सात वटा पेशागत संघसंस्थाले संयुक्त रुपमा जारी गरेको अपिलमा भनिएको छ, ‘ यसबाट देशमा न्याय शून्यताको अवस्था सिर्जना गरिदिएको छ।’

प्रतिक्रिया दिनुहोस