कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी

पत्रपत्रिकाबाट

विहीबार, ०९ मंसिर २०७८, ०७ : २९
कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले उत्तरपुस्तिका परीक्षणबाट प्राप्त नतिजालाई सम्परीक्षण तथा तालिकीकरणको काम भइरहेको छ ।

नियमित कामबाहेक अन्य कुनै प्राविधिक समस्या नआए मङ्सिर २० भित्रै नतिजा सार्वजनिक हुने शर्माले बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस