काठमाडौं । फिल्म ‘रत्नपार्क’बाट र्यापर भिटेन अर्थात् (समीर घिसिङ) पनि अभिनेता बन्ने भएका छन् । नवराज गिरीले निर्माण गर्न लागेका ‘रत्नपार्क’को कथा नवराजकै रहेको छ ।
निर्माता गिरीका अनुसार यो फिल्ममा एक जना मानिसले बाँच्नका लागि गर्ने विभिन्न किसिमका संघर्षका कथालाई प्रस्तुत गरिने भएको छ । कथा पढेर नै भिटेन फिल्ममा काम गर्न उत्सुक भएका बताइएको छ ।
यस फिल्मका लागि निर्माता नवराजले तीन जना निर्देशक फेरिसकेका छन् । लिखित सम्झौता भएपछि मात्र बाँकी कलाकार र निर्देशकको नाम सार्वजनिक निर्माता गिरीको योजना रहेको छ । र्यापर भिटेन बाहेक अन्य कलाकारहरु व्यावसायिक नै हुने उनको भनाइ छ ।
भिटेन पनि फिल्ममा काम गर्न पाउँदा निकै उत्साहित भएको बताउँछन् । भिटेनले वर्कशपमा लिने समयको आधारमा फिल्मको छायाङ्कन कहिलेबाट शुरु हुन्छ भन्न सकिने निर्माता गिरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ मंसिर २०७८, १७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्माण अघि नै बिक्री भयो 'भागवद् गीता'को अमेरिका राइट्स
आउँदो महिना ओटीटीमा ‘आरआरआर’
सारालाई वर्कसप, जसितालाई सिधै छायांकन
सुरक्षा ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुँदै
‘कान्स फिल्म फेस्टिभल’ आजदेखि, पहिलोपटक नेपाली फिल्म सहभागी
बलिउड अभिनेता इमरान खान डिभोर्स गर्दै