कोरोनाले यूरोप र एसियाका केही क्षेत्रमा थप ७ लाखको मृत्यु हुनसक्छ : डब्ल्यूएचओ

सफल खबर संवाददाता

बुधबार, ०८ मंसिर २०७८, १६ : ०६
कोरोनाले यूरोप र एसियाका केही क्षेत्रमा थप ७ लाखको मृत्यु हुनसक्छ  : डब्ल्यूएचओ

एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण यूरोप र एसियाका केही क्षेत्रमा थप ७ लाख मानिसहरुको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मार्चसम्ममा थप ७ लाख जनाको मृत्यु हुनसक्ने चेतावनी दिएको हो ।

पछिल्लो समय यूरोपमा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गर्दै आएका छन् । कोरोना रोकथाम तथा न्यूनीकरणका कालागि केही राष्ट्रहरुले पुनः लकडाउन सहितको प्रतिबन्धहरु लागू गरेका छन् ।

उक्त प्रतिबन्धहरुको विरोधमा यूरोपका विभिन्न शहरहरुमा हिंसात्मक झडप पनि हुदै आएको छ । कोरोना संक्रमण तीब्र रुपमा पुनः फैलिइरहेको अवस्थामा डब्ल्यूएचओले मृतकको संख्या पनि बढ्न सक्ने आँकलन गरेको हो ।

डब्ल्यूएचओका अनुसार पछिल्लो समय यूरोपमा एक दिनमा करिब ४ हजार २०० जनाको मृत्यु भइरहेको छ । रसियामा मात्रै एकैदिन १ हजार २० जनाको मृत्यु भइरहेको छ । हालसम्म युरोपका करिब ५३ देशहरुमा १५ लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको 

प्रतिक्रिया दिनुहोस