‘समद्धृ भरतपुरका लागि विकास बहस’

भरतपुर महानगर मेयर दाहालको आग्रह : महानगर भित्र संचालित गौरवका आयोजनालाई आवश्यक बजेट व्यवस्था गरिदिनुस’

सफल खबर संवाददाता

सोमबार, ०६ मंसिर २०७८, १२ : ३८
भरतपुर महानगर मेयर दाहालको आग्रह : महानगर भित्र संचालित गौरवका आयोजनालाई आवश्यक बजेट व्यवस्था गरिदिनुस’

चितवन । भरतपुर महानगरपालिकाले समग्र भरतपुर महानगरलाई समृद्ध तथा देशकै नमुना शहर बनाउन ‘समद्धृ भरतपुरका लागि विकास बहस’ कार्यक्रम आयोजना गरेको छ । 

भरतपुरमा आयोजित विकास बहस कार्यक्रममा चितवनका प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित जलश्रोत तथा सिंचाई मन्त्री, अर्थमन्त्री जर्नादन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, राज्यमन्त्री उमेश श्रेष्ठ वाग्मती प्रदेशका मन्त्रीहरु  तथा सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले समग्र भरतपुरलाई समृद्ध बनाउन नगरमा संचालित गौरवका आयोजना तथा त्यसक्रममा आईपरेका चुनौतीहरुका विषयमा आफ्नो धारणा व्यक्त गरेकी छिन् ।

सो कार्यक्रममा बोल्दै मेयर दाहालले विकास एवं समृद्धिको मुल आधार सडक पुर्वाधार रहेकाले  पहिलो प्राथमिकतामा राखी ४ वर्षको अवधिमा ६१० किलोमिटर  कालोपत्रे तथा ४५० किलोमिटर सडकमा ग्राभेल तथा ५२ किलोमिटर लिंक रोड निर्माण गरिएको बताईन् । उनले महानगरको अन्य संचालित ठुला आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला, पुल्चोक देखि गोन्द्राङ सम्म ६ लेनको सडक, भरतपुर मेट्रो प्लाजा, १ अर्ब ८५ करोडका लागतमा सिटी हल,नारायणी नदी किनारलाई सि बिच मोडेलमा विकास, देवघाटमा अत्याधुनिक शवदाह गृह निर्माणको क्रममा रहेको बताईन् । 

कार्यक्रममा उनले नगरका केही आयोजनाहरु गौरवको आयोजनाको रुपमा रहेको र यसमा ठुलो लगानी लाग्ने भएकाले संघिय एवं प्रदेश सरकारको सहयोगको आवश्यकता रहेकाले आवश्यक सहयोग जुटाईदिन आग्रह गरेकी छिन् । उनले ठुला १३ योजना गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला, नारायणी तटबन्ध निर्माण, भरतपुर विमानस्थल विस्तारमा सहयोग, महानगरको प्रशासनिक भवन निर्माणमा आवश्यक स्रोतको व्यवस्थापन, वडा नं. ३ नगर वनको भोगाधिकार र सञ्चालन, नारायणी नदीमा सिग्नेचर ब्रिज निर्माण, स्मार्ट सिटी परियोजना, एकीकृत खानेपानी तथा सतह ढल व्यवस्थापन, वडा नं. ३ मा अटोल्याण्ड निर्माण, शक्तिखोर आद्योगिक क्षेत्रको डिपीआर तयार भईसकेकाले यसको कार्यान्वयन, माडी जाने जंगल क्षेत्रभित्रको सडक, एक मेघा विद्यालय सञ्चालन, चेपाङ्ग जाति र विपन्न समुदायका लागि वडा नं. २९ कविलासमा सुविधा सम्पन्न आवासीय विद्यालय संचालनमा आवश्यक सहयोग एवं बजेट जुटाईदिन आग्रह गरेकी हुन् ।

‘रंगशाला निर्माणमा स्रोत नजुटे महानगरले आफैं निर्माण गर्ने उनले बताईन् । ‘स्थानीय तहको निर्वाचन भई पदाधिकारी आउनु पुर्व महानगरको आन्तरिक आम्दानी ४० करोड ४२ लाख मात्र रहकोमा गत आव २०७७र०७८ मा १ अर्ब ५ करोड आम्दानी प्राप्त भई चालु आव का लागि १ अर्ब २० करोड लक्ष्य राखिएको छ’–उनले भनिन् । 

प्रतिक्रिया दिनुहोस