सीके राउतको पार्टीले शुरु गर्यो ‘जनमत माटो यात्रा’

सफल खबर संवाददाता

सोमबार, ०६ मंसिर २०७८, ०८ : ०९
सीके राउतको पार्टीले शुरु गर्यो ‘जनमत माटो यात्रा’

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले मेचीदेखि महाकालीसम्म ‘जनमत माटो यात्रा’ सुरु गर्ने भएको छ ।

सो पार्टी आइतबार सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले मंसिर १० गते लुम्बिनीबाट राउतको नेतृत्वमा अनेक चरणमा गरी जनमत माटो यात्रा सुरु गर्ने निर्णय भएको हो ।

यो यात्राको लक्ष्य हरेक स्थानीय तहमा पुगेर त्यहाँको माटो संकलन गर्ने र अन्त्यमा सबै गाउँ तथा सहरको माटो मिलाएर ‘मधेश एकता उद्यान’ निर्माण गर्ने रहेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।  बैठकले विगत २८ दिनदेखि जार िआन्दोलनको समीक्षा गरी तेस्रो चरणको आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस