इस्लामाबाद । पाकिस्तानको सिन्धु प्रान्तमा एक बालकलाई यौन दुर्व्यवहारपछि पाशविक तरिकाले हत्या गरिएको विवरण सार्वजनिक भएको छ । ती बालक शुक्रबार साँझ सिन्धु प्रान्तबाट हराएका थिए । उनको शब शनिबार दिउँसो एउटा खाली घरमा फेला परेको थियो ।
गुरु नानकको जन्मजयन्ती मनाउने क्रममा ती बालक हराएका थिए । ‘हामी सबै जना गुरु नानकको जन्म दिनको कार्यक्रममा व्यस्त थियो । बालक कसरी हरायो भन्ने बारेमा पत्तो नै पाएनौ,’ बालकका एक आफन्तको भनाई उदृत गर्दैै पाकिस्तानी समाचार संस्था एक्सप्रेस ट्रिव्युनले जनाएको छ ।
११ वर्षीय बालकको हत्याअघि उनलाई यौन दुर्व्यवहार भएको एक प्रहरी अधिकारीले बताएका छन् । हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । सिन्ध प्रान्तमा एक महिनामा बालकको यौन दुर्व्यवहार भएको यो दोस्रो घटना हो । पाकिस्तानमा हिन्दू र अन्य अल्पसंख्यक समुदायमाथि बारम्बार यौन दुर्व्यवहार हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०५ मंसिर २०७८, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल
एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै