इस्लामाबाद । पाकिस्तानको सिन्धु प्रान्तमा एक बालकलाई यौन दुर्व्यवहारपछि पाशविक तरिकाले हत्या गरिएको विवरण सार्वजनिक भएको छ । ती बालक शुक्रबार साँझ सिन्धु प्रान्तबाट हराएका थिए । उनको शब शनिबार दिउँसो एउटा खाली घरमा फेला परेको थियो ।
गुरु नानकको जन्मजयन्ती मनाउने क्रममा ती बालक हराएका थिए । ‘हामी सबै जना गुरु नानकको जन्म दिनको कार्यक्रममा व्यस्त थियो । बालक कसरी हरायो भन्ने बारेमा पत्तो नै पाएनौ,’ बालकका एक आफन्तको भनाई उदृत गर्दैै पाकिस्तानी समाचार संस्था एक्सप्रेस ट्रिव्युनले जनाएको छ ।
११ वर्षीय बालकको हत्याअघि उनलाई यौन दुर्व्यवहार भएको एक प्रहरी अधिकारीले बताएका छन् । हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । सिन्ध प्रान्तमा एक महिनामा बालकको यौन दुर्व्यवहार भएको यो दोस्रो घटना हो । पाकिस्तानमा हिन्दू र अन्य अल्पसंख्यक समुदायमाथि बारम्बार यौन दुर्व्यवहार हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०५ मंसिर २०७८, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकप : पाकिस्तानले भारतसँगको खेल बहिष्कार गर्ने
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान