ललितपुर । नेकपा (माओवादी केन्द्र)ले ललितपुरका ७१ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शनिवार भएको सवै वडाका अधिवेशनबाट वडाका सबै पदमा निर्विरोध नेतृत्व चयन गरिएको केन्द्रीय सदस्य हरि दाहालले जानकारी दिए ।
माओवादीले १० देखि १३ पुससम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दै छ । शनिबार केही वडाबाहेक देशैभरका वडा अधिवेशन सम्पन्न भएको माओवादीले जनाएको छ । कतिपय स्थानमा सर्वसम्मत नेतृत्व चयन भएका छन् भने कतिपय स्थानमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको सो पार्टीले जनाएको छ । माओवादीले ११ मंसिरमा पालिका र २५ मंसिरमा प्रदेश स्तरीय सम्मेलन गर्दैछ ।
ललितपुरका ७१ वटै वडामा सर्वसम्मत नेतृत्व चयन माओवादी केन्द्रले ललितपुरका ६ वटै स्थानीय तहका सबै वडामा नेतृत्व चयन गरेको छ। शनिबार भएको वडा सम्मेलनले ७१ वटा वडामा नयाँ नेतृत्व चयन गरेको माओवादीका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज हरि दाहालले बताए । सबै वडामा निर्विरोध रूपमा नेतृत्व चयन भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ मंसिर २०७८, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने