जाडोका लागि ३ अर्बको तयारी कपडा आयात

पत्रपत्रिकाबाट

आइतबार, ०५ मंसिर २०७८, ०८ : ०७
जाडोका लागि ३ अर्बको तयारी कपडा आयात

काठमाडौं । व्यापारीहरूले जाडो मौसमका लागि आवश्यक पर्ने करीब ३ अर्ब रुपैयाँ बराबरको तयारी कपडा आयात गरेका छन् ।

व्यापारीहरूले चीन र भारतलगायत देशबाट उक्त मूल्य बराबरको जाडोका कपडाको आयात गरेको बताएका छन् । काठमाडौंलगायत देशका सबैजसो भागमा जाडो बढ्दै गएपछि बजारमा बाक्लो तथा न्यानो कपडाको माग बढ्दै गएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका मेला समिति सभापति तथा लामो समयदेखि नेपाल चीन व्यापारमा संलग्न दिलसुन्दर श्रेष्ठले नेपालमा जाडो मौसमका लागि हरेक वर्ष करीब ३ अर्ब रुपैयाँ बराबरको लत्ताकपडा आयात हुुने गरेको बताए । आर्थिक अभियानमा खबर छ ।

प्रतिक्रिया दिनुहोस