उदयपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उदयपुरमा प्रदेशस्तरीय (चार प्रदेश निर्वाचन क्षेत्र) मध्ये तीन स्थानमा निर्वाचन भएको छ। निर्वाचन क्षेत्र २ (क) मा दुवै पक्षबीच कुटाकुट हुँदा चार वटा मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको छ।
उदयपुरमा चार प्रदेश निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र १ (क) र (ख), निर्वाचन क्षेत्र २ को (ख) को मत परिणाम सार्वजनिक भएको छ। निर्वाचन क्षेत्र २ (क) को मतपत्र च्यातिएको कारण स्थगित गरिएको छ।
१ (ख) मा सरोजकुमार बस्नेत, २ (ख) कृष्ण थापा निर्वाचित भएका छन्। उनीहरु सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षीय नेता हुन्। १ (क) मा अर्जुन दाहाल विजयी भएका छन्। उनी कोइराला–पौडेल पक्षका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ मंसिर २०७८, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्रअनुसार मतपत्रको नमूना सार्वजनिक
प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी
छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र
एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ