उदयपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उदयपुरमा प्रदेशस्तरीय (चार प्रदेश निर्वाचन क्षेत्र) मध्ये तीन स्थानमा निर्वाचन भएको छ। निर्वाचन क्षेत्र २ (क) मा दुवै पक्षबीच कुटाकुट हुँदा चार वटा मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको छ।
उदयपुरमा चार प्रदेश निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र १ (क) र (ख), निर्वाचन क्षेत्र २ को (ख) को मत परिणाम सार्वजनिक भएको छ। निर्वाचन क्षेत्र २ (क) को मतपत्र च्यातिएको कारण स्थगित गरिएको छ।
१ (ख) मा सरोजकुमार बस्नेत, २ (ख) कृष्ण थापा निर्वाचित भएका छन्। उनीहरु सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षीय नेता हुन्। १ (क) मा अर्जुन दाहाल विजयी भएका छन्। उनी कोइराला–पौडेल पक्षका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ मंसिर २०७८, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदान स्थलबाट मतपत्र हराएपछि मतदान स्थगित
७५ जिल्लामा पुग्यो निर्वाचन सामग्री र मतपत्र
हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री
मतपत्र छपाइ अन्तिम चरणमा
प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्रअनुसार मतपत्रको नमूना सार्वजनिक
प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी