आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता हुने

शुक्रबार, १४ बैशाख २०७५, १७ : ४१
आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता हुने

काठमाडौं । आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोग र जुनियर टेनिस इनिसियसन (जेटीआई) को संयोजनमा ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता यहि जेष्ठ ६ देखि १२ गतेसम्म हुने आइएमईले जनाएको छ ।

टेनिस खेलको दिगो विकासमा सहयोग पुगोस् भन्ने मूख्य उद्देश्यका साथ उक्त प्रतियोगिता आयोजना गरिएको आइएमइले बताएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित खेलकुद पत्रकार मंचको सभाहलमा आयोजित पत्रकार भेटघाटका अवसरमा सो कुराको जानकारी दिइएको हो । काठमाडौंस्थित नाउलिङ्ग स्पोर्टस भिल्ला र मण्डीखाटार टेनिस क्लबमा आठ, नौ, दश, बाह्र र चौध वर्षमूनिका बालबालिकाहरुका लागि उक्त प्रतियोगिता आयोजना हुनेछ । विभिन्न उमेर समूहका प्रतिष्पर्धीहरू मध्येवाट प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीहरूलाई पुरस्कारको ब्यवस्था गरिएको छ ।

बक्सिङ्ग खेलाडी मनोहर बस्नेतलाई आइएमईको प्रयोजन
बक्सिङ्ग खेलाडी मनोहर बस्नेतलाई आइएमई लिमिटेडले प्रयोजन गर्ने भएको छ । सन् २००० देखि विभिन्न प्रतिष्पर्धात्मक बक्सिंग खेलमा तेह्र पटकसम्म बक्सिङ्ग च्यापीयनशीप (बिजेता) भएका बस्नेतलाई आइएमई लिमिटेडले २०७५ सालको लागि प्रयोजन गर्ने भएको हो ।  बस्नेतले यो वर्ष खेल्ने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितात्मक बक्सिंग खेलमा आइएमईको लोगो अंकित प्रचार समाग्री प्रयोग गरि खेल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस