सुकुम्बासी बस्तीमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर

सफल खबर संवाददाता

शुक्रबार, ०३ मंसिर २०७८, १० : २०
सुकुम्बासी बस्तीमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले काठमाडौं महानगरपालिका–३१ जागृति टोलस्थित सुकुम्बासी बस्तीमा बिहिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

सुकुम्बासी परिवारलाई लक्षित गरेर केएमसीले स्थानीय एसुरेन चर्चको प्राङ्गणमा एक दिने शिविर सञ्चालन गरेको हो । शिविरमा सो बस्तीका ७९४ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा १९७ जना विरामीको रक्त परीक्षण, १७५ जनाको भिडियो एक्सरे र १६४ जनाको इसीजी गरिएको छ । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ । ग्रामिण क्षेत्रका विपन्न विरामीलाई लक्षित गरेर निःशुल्क शिविर सञ्चालन गर्ने गरिएको केएमसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस