अर्जेन्टिना र नेदरल्यान्ड्स विश्वकपमा

सफल खबर संवाददाता

विहीबार, ०२ मंसिर २०७८, ०७ : ५६
अर्जेन्टिना र नेदरल्यान्ड्स विश्वकपमा

एजेन्सी । ब्राजिलसँग बुधबार गोलरहित बराबरीमा खेलेको अर्जेन्टिना आगामी वर्ष हुने विश्वकप फुटबल प्रतियोगतामा चयन भएको छ । दक्षिण अमेरिकी समूहबाट ब्राजिल पहिले नै विश्वकपमा चयन भइसकेको छ। यस समूहबाट विश्वकपमा छनोट हुने अर्जेन्टिना दोस्रो राष्ट्र भएको छ।

चिली बुधबार नै घरेलु मैदानमा तेस्रो स्थानमा रहेको इक्वेडरसँग २–० ले पराजित भएपछि अर्जेन्टिना विश्वकपमा खेल्न योग्य भएको हो । चार खेल बाँकी रहेको स्थितिमा २९ अङ्क बनाएको अर्जेन्टिना कम्तीमा शीर्ष चारमा रहने पक्का भएको हो।दक्षिण अमेरिकी समूहबाट चार टिम स्वतः विश्वकपमा चयन हुने र पाँचौँ स्थानमा रहने टिमले इन्टरकन्टिनेन्टल प्लेअफ खेल्नुपर्ने प्रावधान रहेको छ।अर्को खेलमा बोलिभियासँग ३–० ले पराजित भएपछि उरुग्वेको विश्वकप चयन कठिन भएको छ। 

दस टिम सहभागी यस समूहमा उरुग्वे सातौँ स्थानमा छ। पेरु भने भेनेजुएलालाई २–१ ले हराएर उरुग्वेभन्दा माथि पुगेको छ।यसैगरी, युरोपेली छनोटमा नर्वेलाई मङ्गलबार राति २–० ले हराएर नेदरल्यान्डस विश्वकप फुटबल प्रतियोगितामा चयन भएको छ। यस नतिजाले इर्लिङ हल्यान्डको टिम हेर्ने भने विश्वकपमा पुग्न सकेन। समूह जीमा टर्कीले मोन्टेनेग्रोलाई २–१ ले हराएर दोस्रो स्थानमा रहेर प्लेअफमा खेल्न आफूलाई योग्य बनायो। युक्रेन पनि बोस्निया हर्जगोभिनालाई २–० ले हराएर प्लेअअफमा पुगेको छ।

युक्रेनको समूहबाट विश्वविजेता फ्रान्स छनोट भइसकेको छ। फ्रान्सले अन्तिम खेलमा फिनल्यान्डलाई २–० ले हरायो। फ्रान्सका लागि करिम बेन्जामा र किलियन एमबापेले गोल गरे । यसैगरी, समूह इमा बेल्जियमसँग १–१ ले बराबरमा खेलेर वेल्सले पनि प्लेअफमा स्थान बनाएको छ। वेल्सले एक अङ्क हासिल गरेपछि इस्टोनियालाई २–० ले हराएपछि चेक गणतन्त्रको विश्वकपमा खेल्ने सपना चकनाचुर भयो। गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस