जलेश्वर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महोत्तरीको सदरमुकाम जलेश्वरमा वर्षौंदेखि खाली रहेको मणिपालको जग्गामा छिट्टै ठूलो परियोजना आउने बताएका छन ।
रामगोपालपुर नगरपालिकामा एकैसाथ आठ स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रममा जाँदै गर्दा सोही सडकखण्डमा पर्ने जलेश्वर नगरपालिका–१ स्थित मणिपालको जग्गा नजिकै आज बिहान साढे ११ बजे स्थानीयवासीले उनलाई रोकेर वर्षौंदेखि किसानको उब्जाउ जग्गा ओगटेर मणिपालले बञ्जर बनाइरहेकामा दुःखेसो सुनाएपछि उनले सो जग्गामा चाँडै ठूलो परियोजना बसाल्ने बताएका हुन।
तीस वर्षअघि जलेश्वरभित्र पर्ने बजराही, रतवारा, बखरीसहितका गाउँलेको अन्नको भण्डारका रुपमा रहेका करोडौँ मूल्यको ३६ बिघा बढी जग्गा किसानले मणिपाललाई इन्जिनियरिङ कलेज निर्माणका लागि दिएका थिए । प्रत्येक किसानको घरका एक जनालाई निःशुल्क इन्जिनियरिङ शिक्षा पढाउने सर्तमा मणिपालले किसानहरुको जग्गा मात्र रु १० हजार प्रतिकट्ठाका दरले लिइएको थियो ।
किसानको दुःखेसो सुनेर प्रचण्डले नआत्तिन आश्वासन दिँदै चाँडै सो जग्गाभित्र नेपाल सरकारको ठूलो परियोजना स्थापना हुने बताए। स्थानीय किसानले प्रचण्डलाई फूलमाला लगाएर स्वागत गरेका थिए भने प्रचण्ड सो स्थानमा पाँच मिनेट मात्रै किसानको कुरा सुनेर उनीहरुलाई आश्वासन दिँदै रामगोपालपुरतिर लागेका थिए।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०१ मंसिर २०७८, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीले घुस डिल गरेको अडियो बाहिरिँदा प्रधानमन्त्रीले एक्सन नलिनु लाजमर्दो : प्रचण्ड
कांग्रेस पनि ओलीको स्वर्ग र नर्कको चक्करमा पर्यो : प्रचण्ड
सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको ‘प्रचण्ड’को आरोप
अप्राकृतिक गठबन्धनको चरित्र लोक लजाउने गरी उजागर भयो : प्रचण्ड
विगतका घटनाबाट पाठ सिकेर विपद् प्रतिकार्यमा जुट्न सरकारलाई प्रचण्डको आग्रह
देश बहुआयामिक संकटको अवस्थाबाट गुज्रिरहेको छ: प्रचण्ड