एजेन्सी । चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको छ । चीन विश्व व्यापार संगठन डब्लूटीओ०को सदस्य हुनुभन्दा एक वर्ष अगाडि देखिको तथ्यांक सार्वजनिक गरिएको हो ।
चीन सन् २००१ को डिसेम्बर ११ तारिखमा डब्लूटीओको सदस्य भएको थियो । डब्लूटीओको सदस्य भएपछि चीनको अर्थतन्त्रमा तीब्र विकास भएको विज्ञले बताउँदै आएका थिए । तथ्यांकअनुसार सन् २००० मा चीनको कूल सम्पत्ति ७ ट्रिलियन डलर रहेकोमा सन् २०२० मा एक सय २० ट्रिलियन डलर पुगेको छ । विश्वको कूल सम्पत्तिको एक तिहाइ सम्पत्ति चीनको रहेको प्रतिवेदनमा उल्लेख छ ।
विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकापछि परेको छ । पछिल्लो २० वर्षमा चीनको तुलनामा अमेरिकाको सम्पत्तिमा कमी आएको र यो बिचमा अमेरिकामा कूल सम्पत्ति ९० ट्रिलियन डलरले बढेको छ । जनसंख्याको दृष्टिकोणले विश्वमै पहिलो रहेको चीनलाई क्षेत्रफलका हिसाबले चौथो ठूलो देशका रुपमा लिइन्छ ।
म्याकिन्से एण्ड कम्पनीले १० वटा देशहरुको राष्ट्रिय तथ्यांकको आधारमा रिपोर्ट तयार पारेको हो । यी १० देशहरुले विश्वको आम्दानीको ६० प्रतिशत हिस्सा ओगट्छन् । चीन र अमेरिकासहित रिपोर्टमा फ्रान्स, जापान, अस्ट्रेलिया, स्वीडेन, जर्मनी, क्यानडा र मेक्सिको र बेलायतलाई समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०१ मंसिर २०७८, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
चीनले बनायो विश्वकै पहिलो सिक्स जी चिप
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’