दिनदिनै बढ्दो महँगीको मार, चुलो बाल्नै सकस

पत्रपत्रिकाबाट

सोमबार, २९ कार्तिक २०७८, ०७ : ०४
दिनदिनै बढ्दो महँगीको मार, चुलो बाल्नै सकस

काठमाडौं । अनामनगर बस्दै आएकी काभ्रेकी फुलमाया तामाङलाई रातभर निद्रा लाग्दैन । दैनिक ज्याला–मजदुरी गरेर ५ सय आम्दानी हुन्छ । कोठा भाडा मासिक ७ हजार तिर्नुपर्छ ।

दुई बच्चा छन्, श्रीमान् साथमा छैनन् । फुलमायासँग दैनिक ज्याला–मजदुरीबाहेक अरू आयस्रोत स्रोत छैन । अरूका घरमा भाडा माझ्छिन्, लुगा धुन्छिन् । मासिक मुस्किलले १५ हजारसम्म कमाइ हुन्छ ।

‘जेनतेन बच्चाहरू पालिरहेकी छु, महँगीले उनीहरूलाई बिहान–बेलुकी खुवाउनसमेत सकिरहेको छैन,’ फुलमाया भन्छिन्, ‘चिन्तैचिन्ताले राति निन्द्रा पनि लाग्दैन । महँगीले गर्दा हामीजस्ताले भोकै मर्ने अवस्था आउन लाग्यो ।’

अनामनगरमै कोठा भाडामा बस्दै आएकी सीता गुरुङको पीडा फुलमायाको भन्दा कम छैन । उनी पनि घरघरमा भाडा र लुगाकपडा धोएर छोराछोरी पाल्छिन् । राजधानी दैनिक मा खबर छ ।

प्रतिक्रिया दिनुहोस