भारतमा पछिल्लो २४ घण्टामा ११ हजार २७१ नयाँ कोरोना संक्रमित थपिए

एजेन्सी

आइतबार, २८ कार्तिक २०७८, १५ : ४५
भारतमा पछिल्लो २४ घण्टामा ११ हजार २७१ नयाँ कोरोना संक्रमित थपिए

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ११ हजार २७१ नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै कोरोना संक्रमणबाट २८५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा कुल कोरोना संक्रमणको संख्या ३ करोड ४४ लाख ३७ हजार ३ सय ७ पुगेको छ । भारतमा कुल सक्रिय केसहरू १ लाख ३५ हजार ९ सय १८ रहेका छन् ।

भारतमा अहिलेसम्म निको भएका व्यक्तिहरूको कुल संख्या ३ करोड ३८ लाख ३७ हजार ८ सय ५९ रहेको जनाइएको छ । यस्तै त्यहाँ कोरोना संक्रमणबाट हालसम्म कूल ४ लाख ६३ हजार ५ सय ३० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस