कोरोना अपडेट : थप २९५ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २७ कार्तिक २०७८, १६ : ४९
कोरोना अपडेट : थप २९५ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २६० र एन्टिजेन विधिबाट ३५ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १६ हजार ६७५ र एन्टिजेनबाट ९५ हजार ७२ जना पुगेको छ ।  

यस्तै, आज थप ४७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९७ हजार ९२६ जना पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४७१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २७८ रहेको छ । 

प्रतिक्रिया दिनुहोस