काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरेकै कारण अदालतमा अहिलेको समस्या आएको बताए । उनले अब पनि संविधान संशोधन नगरी अघि बढ्न नसकिने भन्दै संविधान संशोधन हुनपर्नेमा जोड दिए ।
उनले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने विश्वास पनि व्यक्त गरेका छन् । न्यायालयभित्र राजनीतिक दलले हस्तक्षेप गर्न उचित नहुने भन्दै उनले जारी समस्या न्यायालय भित्रैबाट छिटै समाधान हुने विश्वास व्यक्त गरेका हुन् ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा उनले भने- न्यायालयको काम राजनीतिक दलहरुले र राजनीतिक दलहरुले गर्ने काम न्यायालयले गर्न थाल्यो भने झन् चौपट हुन्छ । त्यसकारण न्यायालयको समस्या समाधान गर्नका लागि त्यहाँ विद्वान अधिवक्ता, विद्वान न्यायाधीशहरु हुनुहुन्छ । उहाँहरु आफैं निकास दिन सक्षम हुनुहुन्छ ।उनले सत्तारुढ दलहरुबीचको गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ कार्तिक २०७८, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?
गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी: ‘यो राजनीतिक मामिला हो, अनुसन्धान गरे सहयोग गर्छु’
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता