माघीसम्मै सुपथ मूल्य पसल

पत्रपत्रिकाबाट

शनिबार, २७ कार्तिक २०७८, ०८ : ०७
माघीसम्मै सुपथ मूल्य पसल

काठमाडौँ । खाद्य  व्यवस्था  तथा व्यापार  कम्पनीले  सुपथ  मूल्य  पसल  आउँदो  माघ  २ गतेसम्म  सञ्चालन  गर्ने  भएको  छ।

 सरकारले  दिएको अनुुदान  बजेट  बाँकी  रहेकाले  कम्पनीले  सुुपथ  मूल्य पसल आउँदो माघी पर्वसम्म सञ्चालन गर्ने भएको हो। कम्पनीले  दशैँ,  तिहार  र  छठलाई  लक्षित  गरेर  गएको असोज  १  गतेदेखि  सुपथ  मूल्य  पसल  सञ्चालन  गर्दै आएको  थियो। 

 कम्पनीका  सूचना  अधिकारी  शर्मिला सुुवेदीले  सरकारले  सुपथ  मूल्य  पसल  सञ्चालन  गर्न कम्पनीलाई दिएको अनुुदान रकम पनि बाँकी रहेको र हाम्रा विभिन्न जातजातिका चाडपर्व पनि बाँकी रहेकाले खाद्य कम्पनीले माघ २ गतेसम्म पसल सञ्चालन गर्ने निर्णय  गरेको  जानकारी  दिए ।

  कम्पनीले  उपत्यका चार  स्थानसहित  ३९  जिल्लामा  गरी  ४३  स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ। गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस