काठमाडौँ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले औषधिजन्य प्रयोग र नगदे बालीका रूपमा गाँजालाई लिनुपर्ने बताएका छन् । उनले गाँजालाई खुला गर्न कानुन संशोधन गर्ने तयारी भइरहेको बताएका छन्।
गाँजालाई वैधानिक रूपले खुला गर्नुपर्छ भन्दै लामो समयदेखि वकालत गर्दै आएका स्वास्थ्यमन्त्री खतिवडाले अहिले भइरहेको कानुनमा एकदुईवटा दफा संशोधन गरेर गाँजालाई लागूऔषधको श्रेणीबाट हटाउने जानकारी दिए।
‘नयाँ कानुन बनाउने होइन, अहिले भइरहेको कानुनमा एक दुईवटा दफा संशोधन गर्ने हो’ एक मिडिया हाउससँगको कुराकानीमा उनले भने, ‘गाँजालाई लागुऔषध भनिएको ठाउँमा त्यसलाई संशोधन गरेर औषधिजन्य प्रयोजनका लागि लिनलाई कानुन संशोधन गर्ने तयारीमा सरकार लागिरहेको छ । अहिलेसम्म यो संशोधन प्रक्रिया पूरा भइसक्नुपर्नेमा विभिन्न राजनीतिक समस्याका कारण दलहरूबीच गम्भीर छलफल गर्न नपाएको र संसद बैठकसमेत अवरूद्ध रहेकाले ढिलाइ भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ कार्तिक २०७८, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ