कोरोना अपडेट : थप ३१७ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २५ कार्तिक २०७८, १६ : ३०
कोरोना अपडेट : थप ३१७ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ६०९ र एन्टिजेन विधिबाट ३ हजार ४४ जनामा परिक्षण गर्दा ३१७ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १६ हजार ६० र एन्टिजेनबाट ९४ हजार ९९५ जना पुगेको छ ।  

यस्तै, आज थप २७९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९७ हजार ५९ जना पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६  जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४६६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३५ रहेको छ ।