एजेन्सी । विद्युतीय कार निर्माता कम्पनी टेस्लाका कार्यकारी प्रमुख एलन मस्कले आफ्नो कम्पनीको १ अर्ब १ करोड डलर मूल्य बराबरको सेयर बिक्री गरेका छन् । ट्विटरमा गरिएको एउटा मत सर्वेक्षणमा मस्कका फलोअर्सले १० प्रतिशत सेयर बिक्री गरेर मस्कलाई कर तिर्न अनुरोध गरेका थिए ।
सर्वेक्षणका बहुसंख्यक मतदाताहरुले सेयर बिक्री गर्न अनुरोध गरेपछि टेस्लाको सेयर मूल्यमा गिरावट आइरहेका बेला उनले सेयर बिक्री गरेका हुन् । मस्कले अहिलेसम्म कम्पनीको ९ लाख ३० हजार सेयर बिक्री गरेका छन् ।
मंगलबार ४ दशमलब ९ प्रतिशले गिरावट आएको टेस्लाको सेयर मूल्य बुधबार करिव १० प्रतिशतमा झरेको थियो । यो ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सको इतिहासमा दुई दिनमा भएको सबैभन्दा ठूलो गिरावट थियो । सेयर मूल्यमा आएको गिरावटसँगै टेस्ला इन्कलाई एक सातामा ५० अर्ब डलर नोक्सान भएको छ ।टेस्साले पछिल्लो १४ महिनाको अवधिमा यति ठूलो परिणाममा नोक्सान भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ कार्तिक २०७८, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ पार्टी खोल्ने एलन मस्कको घोषणा
ट्रम्पसँगको खटपटपछि एलन मस्कले गरे नयाँ राजनीतिक दल गठनको घोषणा
एलन मस्कले आफ्नै कम्पनी एक्सएआईलाई ३३ अर्ब डलरमा बेचे एक्स
एक्सले काम नगरेपछि यसो भन्छन् मस्क
म ट्रम्पको प्राविधिक सहयोगी मात्रै हुँ : मस्क
मैले जर्बजस्ती सरकार कब्जा गरेको छैन : मस्क