टी–२० विश्वकप : फाइनलका लागि इङ्ल्यान्ड र न्यूजिल्यान्ड भिड्दै

सफल खबर संवाददाता

बुधबार, २४ कार्तिक २०७८, १२ : ३७
टी–२० विश्वकप : फाइनलका लागि इङ्ल्यान्ड र न्यूजिल्यान्ड भिड्दै

एजेन्सी । आईसीसी टी–२० विश्वकप २०२१ को पहिलो सेमिफाइनलमा बुधबार (आज) इङ्ल्यान्ड र न्यूजिल्यान्ड भिड्दैछन्।

अबुधाबीमा हुने पहिलो सेमिफाइनलमा इङ्ल्याण्ड र न्यूजिल्याण्ड भिड्दैछन्। खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ।

इङ्ल्यान्ड सुपर १२ अन्तर्गत समूह १ को विजेता हो भने न्यूजिल्यान्ड समूह २ को उपविजेता हो। समूह चरणको खेलमा पाँच खेलमध्ये दुवैले ४ मा जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेका हुन्। सन् २००७ बाट सुरु टी–२० विश्वकपमा इङ्ल्यान्ड दुई पटक फाइनल पुगेको छ।

प्रतिक्रिया दिनुहोस