नेपाल बैंकर्स संघमा नयाँ कार्यसमिति, अध्यक्षमा अनिलकुमार उपाध्याय

सफल खबर संवाददाता

मंगलबार, २३ कार्तिक २०७८, १९ : १२
नेपाल बैंकर्स संघमा नयाँ कार्यसमिति, अध्यक्षमा अनिलकुमार उपाध्याय

काठमाडौँ । नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा भएको छ । संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध चयन भएका छन् । नव निर्वाचित अध्यक्ष कृषि विकास बैंकका कार्यकारी अधिकृत हुन् भने संघका निवर्तमान उपाध्यक्ष समेत हुन् ।

यस्तै संघको उपाध्यक्षमा एनएमबी बैकका सिईओ सुनिल केसी चयन भएका छन् । यस्तै अन्य सदस्यहरुमा अजय विक्रम शाह,अनुपमा खुन्जेली, दिपकुमार डे, कृष्णबहादुर अधिकारी, रोशन न्यौपाने, सन्तोष कोइराला र सुमन शर्मा चयन भएका छन् । नयाँ कार्यसमितिको समयावधि अबको दुई वर्ष हुनेछ । यसअघिका संघका अध्यक्ष भुवन दाहाल आफ्नो दुई वर्षे कार्यकाल पूरा गरेर विदा भएका छन् ।

प्रतिक्रिया दिनुहोस