कोरोना अपडेट : थप ५३३ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २३ कार्तिक २०७८, १६ : १८
कोरोना अपडेट : थप ५३३ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १४ हजार ९१८ र एन्टिजेन विधिबाट  १ हजार ८१८ जनामा परिक्षण गर्दा ५३३ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १५ हजार ३७२ र एन्टिजेनबाट ९४ हजार ९२६ जना पुगेको छ ।  

यस्तै, आज थप ४८४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९६ हजार ३०६ जना पुगेको छ । निको हुने दर ९७।७ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४५४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६१२ रहेको छ । 

प्रतिक्रिया दिनुहोस