निर्मलाको ह्याट्रिकमा ललितपुर क्वाटरफाइनलमा

सफल खबर संवाददाता

मंगलबार, २३ कार्तिक २०७८, १६ : ०४
निर्मलाको ह्याट्रिकमा ललितपुर क्वाटरफाइनलमा

काठमाडौं । विभागीय खेलाडी निर्मला विकको ह्याट्रिकको मद्दतमा ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।एन्फा मुख्यालयको मैदानमा मंगलबार भएको खेलमा ललितपुरले झापाको शिवसताक्षी नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।  

ललितपुरको जितमा नेपाल पुलिस क्लबकी स्ट्राइकर समेत रहेकी निर्मलाले ह्याट्रिक गर्दा मनिषा सेनले एक गोल गरिन् ।ह्याट्रिककर्ता निर्मला विक खेलको प्लेअर अफ दि म्याच घोषित भइन । उनले पाँच हजार रुपैंयाँसहित ट्रफी प्राप्त गरिन ।ललितपुरले सेमिफाइनल प्रवेशका लागि झापाको कनकाई नगरपालिका र कैलालीको गोदावरी नगरपालिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

आजको अन्तिम तथा दोस्रो खेल बर्दियाको बाँसगढी नगरपालिका र धनगढी उपमहानगरपालिबीच भइरहेको छ । प्रतियोगिताको विजेता र उपविजेता राष्ट्रिय महिला लिगमा छनोट हुनेछ । यस प्रतियोगिताको विजेताले पाँच लाख पाउँदा उपविजेताले दुई लाख ५० हजार पाउँनेछन् । 

राष्ट्रिय महिला लिगमा तीन विभागीय क्लब ( नेपाल पुलिस, एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब) वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकासहित आठ क्लबको सहभागीता रहनेछ । 

प्रतिक्रिया दिनुहोस