कारोना अपडेट : थप ३९० जनामा संक्रमण पुष्टि ,५ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २२ कार्तिक २०७८, १६ : १८
कारोना अपडेट : थप ३९० जनामा संक्रमण पुष्टि ,५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ६०६ र एन्टिजेन विधिबाट २ हजार ४२० जनामा परिक्षण गर्दा ३९० जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १४ हजार ९२९ र एन्टिजेनबाट ९४ हजार ८३६ जना पुगेको छ ।  

यस्तै, आज थप ४२५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९५ हजार ८२२ जना पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४५३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६५४ रहेको छ । 

प्रतिक्रिया दिनुहोस