काठमाडौं । नेपाली काँग्रेसले वडा अधिवेशन हुन बाँकी रहेका प्रदेश २ का आठवटासहित १३ जिल्लामा निर्वाचन अधिकृत चयन गरेको छ । प्रदेश २ सहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा काँग्रेसको वडा अधिवेशन हुन बाँकी छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सप्तरीमा डा। रुद्र शर्मा, सिराहामा सन्जीव लामा, धनुषामा अरुण ज्ञवाली, महोत्तरीमा इन्द्र अधिकारी, सर्लाहीमा विनोद कार्की, रौतहटमा दीपकराज गिरी, पर्सामा नरेन्द्र केसी र बारामा ज्ञानेन्द्रपसाद अधिकारीलाई निर्वाचन अधिकृत तोकेको छ ।
त्यस्तै कैलालीमा टेकप्रसाद सुवेदी बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमन कुमार केसी र डोल्पामा कुमारराज श्रेष्ठलाई निर्वाचन अधिकृत तोकेको छ । वडा अधिवेशन हुन बाँकी जिल्लामा आगामी २७ कात्तिकमा निर्वाचन मिति तय भएको छ ।
पालिका अधिवेशन हुन बाँकी १३ वटा जिल्लामा ३० कात्तिकका लागि अधिवेशन तय भएको छ भने ३ मंसिरमा प्रदेशसभा क्षेत्रीय अधिवेशन र ६ मंसिरमा प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन भएका जिल्लाका जिल्ला अधिवेशन हुँदै छ । नयाँ कार्यतालिकाअनुसार आगामी १० मंसिरमा एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लका जिल्ला अधिवेशन तय भएको निर्वाचन समितिले जनाएको छ ।
अब महाधिवेशनको कार्यताकिला प्रभावित नभए २४ देखि २६ मंसिरमा कांग्रेसको १४औं महाधिवेशन हुनेछ महाधिवेशन तयारी समिति गठनसहितका विषयमा छलफल गर्न कांग्रेसले २८ कात्तिकका लागि केन्द्रीय समितिको बैठक तय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ कार्तिक २०७८, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण