वित्तीय अपराधी जोगाउन कम्मर कसेपछि

सफल खबर संवाददाता

आइतबार, २१ कार्तिक २०७८, ०८ : २६
वित्तीय अपराधी जोगाउन कम्मर कसेपछि

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भररन महाप्रसाद अधिकारीका कारण देशको अर्थतन्त्र सबैभन्दा बढी मारमा परेको छ । बैंक तथा वित्तिय संस्थामा नगदको चरम अभाव देखिएको छ । चालु  आवको मौद्रिक नीतिमा राखिएको गलत व्यवस्थाका कारण चरम समस्या देखिएको जानकारहरुको टिप्पणी छ । 

ब्याजदर बढाएर बजारमा आंतक सिर्जना गरेका वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले सचेत बनाउने हिसाबले चेतावनी दिएको बताएपनि महाप्रसादले सरकारलाई ठोक्ने बेला यही हो भन्दै कुनै पनि कारवाही नगर्ने बताएका छन् । महाप्रसाद निकटस्थहरुका अनुसार जसरी भएपनि सरकारलाई अप्ठ्यारोमा पार्नुपर्छ । जनतामा विरोधको मात्रा बढाउन पनि हामीले यस्तो भूमिका गर्नैपर्छ भन्दै उनले बैंक तथा वित्तीय संस्थालाई समेत सोही अनुसार गर्न भनेका छन् ।

गत असोज महिनामा नै केही बैंकहरुले नियम विपरित ब्याज बढाएका थिए । कात्तिक १ देखि बैंकहरु निक्षेप तान्नको लागि ब्याजदर युद्धमा नै लागेका थिए । राष्ट्र बैंकले निर्देशन जारी गरेपछि मात्र ब्याजदर युद्ध सकिएको थियो । तर, त्यो युद्ध भित्र भित्र अझै जारी रहेको छ । ‘जथाभावी ब्याजदर बढाउने १३ बैंकलाई राष्ट्र बैंकले सचेत बनाउने काम गरेको बताइएपनि हालसम्म कोेही कसैमाथि कारवाही भएको छैन । महाप्रसादको योजना अनुसार एनआइसि एशिया बैंकले सबैभन्दा बढी बदमासी गरेको छ । तर, उसलाई कुुनै पनि प्रकारको कारवाही भएको छैन । असोज महिनादेखि नै बैंकहरुले ब्याजदर बृद्धि गर्दा राष्ट्र बैंकले निर्देशनलाई उलंघन गरेका थिए ।

उता ठगी आरोपमा व्यवसायी इच्छाराज तामाङको मुद्दा कमजोर बनाउन खड्गप्रसाद ओलले दबाव दिएको रहस्य खुलेको छ । उनले प्रहरी तथा अन्य निकायलाई दबाव दिन ओखलढुंगाका प्रदेश सासद एवम् ठेकेदार अम्बिरबाबु गुरुङलाई जिम्मा दिएका छन् । हजारौ नागरिकलाई रुवाउने तामाङलाईै जोगाउन ओलीनै लागेपछि देशमा कानूनी राज समेत अन्त्य हुन लागेको स्पष्ट भएको छ । तामाङ असोज १८ गते पक्राउ परेका हुन् । तामाङ अहिलेपनि प्रहरी हिरासतमै छन् । ७३ करोड रुपैयाँ ठगी आरोपमा पक्राउ परेका तामाङले ४ अर्ब रुपैयाँ जति सहकारीको निक्षेपकर्ताको पैसा नदिएको उजुरी परेको छ ।

इञ्जिनियर समेत रहेका तामाङमाथि घरजग्गा व्यवसायसँगै सिभिल सहकारी चलाएर सहकारीको निक्षेपकर्ताको पैसा दुरुपयोग गरेका छन् । राष्ट्र बैंकले लाइसेन्स दिने खुकुलो नीतिका कारण तामाङको पहलमै सिभिल बैंक खुलेको थियो । कुनैबेला सिभिल बैंकमा सबैभन्दा ठूलो सेयरधनी रहेका तामाङ अहिलेपनि बैंकको सञ्चालक समितिका अध्यक्ष हुन् । तामाङ पक्राउ पर्दा सिभिल बैंकको निक्षेप लिन निक्षेपकर्ता लाइनमा बस्ने हुन् कि भन्ने डर सिभिल बैंकका अधिकारीलाई थियो ।
यस्तै चिन्ता राष्ट्र बैंकका अधिकारीलाई पनि थियो । किनभने यसअघि बैंकबारे आमसञ्चारमाध्यममा नकारात्मक समाचार आउँदा निक्षेपकर्ताहरु पैसा झिक्न बैंकमा लाइन लागेका दृष्टान्तले राष्ट्र बैंकका अधिकारीहरुलाई चिन्तित बनाउनु स्वभाविक थियो ।

नियमन तथा सुपरिवेक्षण विभागका अधिकारीहरु तामाङ पक्राउ परेको अर्कोदिनदेखि नै सिभिलमा कति रकम निक्षेप निस्कने हो भन्ने तनावमा भएको सुनाउँछन् । ‘तामाङ पक्राउ परेर निक्षेपकर्ता सिभिलमा लाइन लाग्न गएको भए त्यो व्यवस्थापन गर्न केन्द्रीय बैंकलाई पनि चुनौती हुन्थ्यो । समस्या नै नभएका बैंकमा अध्यक्ष पक्राउ पर्दैमा निक्षेपकर्ता आउने हुन् कि भन्ने डर थियो,’ राष्ट्र बैंकका नियमन विभागका एक अधिकारीले सुनाए ।

तामाङ सिभिलको अध्यक्ष भएपनि उनी पक्राउ पर्दा बैंकलाई असर भने परेको छैन । किनभने बैंकको सञ्चालन प्रमुख कार्यकारी अधिकृत (सीइओ)को नेतृत्वमा व्यवस्थापनले गर्छ । बैंक व्यवस्थापनले राष्ट्र बैंकले जारी गरेका नीति निर्देशनको अक्षरसः पालना गर्दै बैंक सञ्चालन गर्ने भएकाले सञ्चालक समितिका अध्यक्ष वा सदस्यहरु पक्राउ पर्दैमा संस्थालाई खासै असर गर्दैन । असर गर्छ त बैंकको पहिचानमा पर्छ । 

‘तामाङ पक्राउ परे पनि निक्षेपकर्ताले राष्ट्र बैंकले लाइसेन्स दिएको संस्थाको नियमन र सुपरिवेक्षण गर्छ भन्ने कुरा बुझेका कारण त्यसो हुन पाएन,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यो भनेको राष्ट्र बैंकप्रतिको विश्वास भएको प्रचार गरिएको छ । बरु तामाङ पक्राउपछि सिभिल बैंकको निक्षेप बढेको हल्ला गराइएको छ ।

प्रतिक्रिया दिनुहोस