आज भाइटीका, उत्तम साइत ११:०२ बजे

सफल खबर संवाददाता

शनिबार, २० कार्तिक २०७८, ०८ : १३
आज भाइटीका, उत्तम साइत ११:०२ बजे

फाइल फोटो

काठमाडौँ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार भोलि बिहान ११ बजेर २ मिनेटमा टीकाको शुभसाइत छ । तर यसपछि पनि दिनभर टीका लगाउनु शुभ नै हुने समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस