हेटौँडा । मकवानपुरमा देउसी खेल्न कलाकार चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा परि ३२ जना घाइते भएका छन् ।
गए राति करिब सवा १ बजेको समयमा मकवानपुरको बकैया गाउँपालिका–४ मा बागमती प्रदेश ०३–००१ ख १३०९ न.को बस दुर्घटनामा परेको हो ।
देउसी खेलेर हेटौंडातर्फ फर्किने क्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान मकवानपुरको ३२ जना कलकारहरु चढेको बस अनियन्त्रित भइ सडक छेउको खेतमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहको प्रहरीले जनाएको छ । घाइतेहरुको हेटौंडा र चितवनका अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ कार्तिक २०७८, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु