हेटौँडा । मकवानपुरमा देउसी खेल्न कलाकार चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा परि ३२ जना घाइते भएका छन् ।
गए राति करिब सवा १ बजेको समयमा मकवानपुरको बकैया गाउँपालिका–४ मा बागमती प्रदेश ०३–००१ ख १३०९ न.को बस दुर्घटनामा परेको हो ।
देउसी खेलेर हेटौंडातर्फ फर्किने क्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान मकवानपुरको ३२ जना कलकारहरु चढेको बस अनियन्त्रित भइ सडक छेउको खेतमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहको प्रहरीले जनाएको छ । घाइतेहरुको हेटौंडा र चितवनका अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ कार्तिक २०७८, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन