युरोप फेरि कोरोना महामारीको केन्द्र बन्नसक्छ : डब्ल्यूएचओ

एजेन्सी

शुक्रबार, १९ कार्तिक २०७८, ०९ : ५४
युरोप फेरि कोरोना महामारीको केन्द्र बन्नसक्छ : डब्ल्यूएचओ

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युरोप फेरि कोरोना महामारीको केन्द्र बन्नसक्ने चेतावनी दिएको छ ।युरोपभरि कोरोनाभाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा उक्त महादेश पुनः एकपटक कोभिड महामारीको केन्द्र बन्न सक्ने संकेत रहेको बताएको हो ।

पत्रकार सम्मेलनमा डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुग्अले फेब्रुअरीसम्ममा युरोप महादेशमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या पाँच लाखभन्दा धेरै पुग्नसक्ने बताए।

उनले खोप पर्याप्त मात्रामा नलगाइँदा सङ्क्रमितको सङ्ख्या बढको बताए।‘हामीले हाम्रो काम गर्ने तरिकामा परिवर्तन गर्नुपर्छ। कोभिड(१९ बढेकोमा प्रतिक्रिया जनाउने भन्दा सुरुमै यो सङ्क्रमण हुन नदिनेतर्फ काम गर्नुपर्छ’, उनले भने।हालैका महिनामा युरोपमा खोप लगाउने दर घटेको थियो।

प्रतिक्रिया दिनुहोस