बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतमा मास्के

सफल खबर संवाददाता

विहीबार, १८ कार्तिक २०७८, १९ : ०२
बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतमा मास्के

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रवण लाल मास्केलाई नियुक्त गरेको छ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृतमा श्रवण लाल मास्केलाई नियुक्त गरेको हो। नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत मास्केले विगत ३ महिना अघिदेखि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व गर्दै आएका थिए। 

मास्केले बैंकको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरेको बैंकले जनाएको छ। 

सन् १९८५ मा नबिल बैंक लिमिटेडबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका मास्केसँग तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव रहेको छ। 
 

प्रतिक्रिया दिनुहोस