बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंकले १ अर्ब बढी लगानी गर्ने

विहीबार, १३ बैशाख २०७५, १६ : ४५
बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंकले १ अर्ब बढी लगानी गर्ने

काठमाडौं  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय सँस्थामा १ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रिय बैंकले एक बर्षको लागि १ अर्ब ३३ करोड ९७ लाख रुपैयाँ लगानी भएको हो ।  राष्ट्र बैंकले बाणिज्य बैंकमा १ अर्ब ७ करोड १७ लाख रुपैयाँ,  विकास बैंकमा २० करोड १० लाख र  फाइनान्स कम्पनीमा  ७ करोड ७० लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्ने छ ।

२०७५ जेठ १ गतेदेखि २०७६ बैंशाख ३१ गतेसम्मका लागि सो रकम राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थामा राख्न थालेको जनाएको छ  ।  यो रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले १९ गते ३ बजेभित्र लिन चाहेको रकम र दिन चाहेको ब्याजदर खुलाई बोलपत्र पेस गर्नुपर्ने राष्ट्र बैंक अन्र्तगत वित्त व्यवस्थापन विभागले जनाएको छ ।

यो रकम लिन चाहने संस्थाले राष्ट्र बैंकले तोकेको ११ वटा शर्त पुरा गर्नुपर्नेछ । जसमा संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पुरा भएको, न्युनतम पुँजीकोष कायम भएको, तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत रहेको लगायत शर्त छन् । 

प्रतिक्रिया दिनुहोस