काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा भएको बिस्फोट र आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको छ । बन्दूकधारीहरुले काबुस्थित एउटा सैनिक अस्पतालमा गराएको बिस्फोट र आक्रमणमा अन्य १६ जना घाइते भएका छन् ।
काबुलको सर्दार दाउद खान अस्पतालबाहिर बिस्फोट गराएपछि बन्दूकधारीहरू अस्पताल परिसरमा प्रवेश गरेका थिए ।
अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटसँग आबद्ध आईएस–के ले आक्रमणको जिम्मा लिएको छ । बिस्फोटपछि घटनास्थलमा धुँवाको मुस्लो निस्किएको एउटा भिडियो फुटेजमा देख्न सकिन्छ ।
आक्रमणपछि आफू भागेर अस्पतालको कुनामा गएर ज्यान जोगाएको सो अस्पतालका डा. शहिद अहदले बताए । दुई ओटा बिस्फोटमध्ये एउटा बिस्फोट आत्मघाती भएको उनले जानाकारी दिए ।
१५ अगस्टमा तालिवानले राजधानी काबुल कब्जा गरेपछि आईएसले हिंसात्मक हमला गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १७ कार्तिक २०७८, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने