पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्री भएको ५ महिनापछि उनले सम्पत्ति विवरण सार्वजनिक गर्दै आफू ऋणमा रहेको जनाएका हुन् ।
मन्त्री मनाङेले २०५४ सालमा १५ तोला र २०७० मा ७ तोला तत्कालीन मूल्यअनुसार खरिद गरी आफूसँग २२ तोला सुन रहेको उल्लेख गरेका छन् । २०५४ मा वैदेशिक रोजगारी र २०७० मा व्यापार व्यवसायबाट सुन प्राप्ति गरेको मनाङेले स्रोत उल्लेख गरेका छन् ।
मनाङेले एभरेष्ट बैंक पोखरामा १० लाख ४९ हजार ५ सय ३६ रुपैयाँ मौज्दात देखाएका छन् । उक्त रकम सांसद र मन्त्री हुँदा प्राप्त भएको उनले उल्लेख गरेका छन् ।
व्यवसायबाट २०६८ सालमा खरिद गरेको ४५ तोला चाँदी मनाङेसँग छ । पैतृक सम्पतिका रुपमा मुगाको माला ८३ तोला रहेको उनले उल्लेख गरेका छन् ।
मनाङेले ६ करोड १० लाख रुपैयाँ ऋण लिएर ४ करोड ७० लाख रुपैयाँ तिरेको सम्पति विवरणमा उल्लेख गरेका छन् । २०७३ सालमा कर्म गुरुङसँग ४० लाख रुपैयाँ ऋण लिएको मनाङेले बताएका छन् । यस्तै रमेश रानासँग २०७७ सालमा ४० लाख रुपैयाँ, मनाङ फलफूल सप्लायर्ससँग २०७३ सालमा ६० लाख ऋण लिएको मनाङेले सम्पति विवरणमा देखाएका छन् ।
टीका भण्डारीसँग दुई करोड ३५ लाख रुपैयाँ ऋण लिएर २०७१ सालमा तिरेको र २०७२ सालमा टासी गुरुङसँग २ करोड ३५ लाख रुपैयाँ ऋण लिएर चुक्ता गरेको विवरण मनाङेले उल्लेख गरेका छन् । विवरणअनुसार मनाङे १ करोड ४० लाख रुपैयाँ ऋणमा देखिएका छन् ।
संघर्ष गाईभैंसी प्रालिमा भैंसी २० वटा र गाई ५ वटा रहेको मनाङेले बताएका छन् । यसको ठाउँ उल्लेख नभए पनि यो पोखरा(१४ काजीपोखरीमा रहेको उनका स्वकीय सचिव रोनितले बताए । त्यसमा आफ्नो ४० प्रतिशत शेयर रहेको मनाङेले बताएका छन् ।
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ९ जना मन्त्रीको सम्पत्ति विवरण भदौ ९ गते सार्वजनिक भएको थियो । त्यतिबेला अवधि पुगिसकेको भए पनि मनाङेले सम्पति विवरण बुझाएका थिएनन् भने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाले कोरोना लागेका कारण सो बेला बुझाएका थिएनन् । अहिले बुढाले पनि सम्पति विवरण बुझाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ कार्तिक २०७८, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल
स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता