काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएपनि आंशिक बदली रहने जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको मौसम बुलेटिनमा अझै केहि दिन उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।
हाल देशको पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहेको छ। सोमबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक,दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको बलेटिनमा उल्लेख छ।
राती प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। पछिल्लो समय देशभर चिसो बढेको छ। काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ कार्तिक २०७८, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी स्थानहरुमा वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : विभिन्न भूभागमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?