पहिलोपटक सार्वजनिक भए तालिबानका सर्वोच्च नेता

एजेन्सी

आइतबार, १४ कार्तिक २०७८, १८ : ००
पहिलोपटक सार्वजनिक भए तालिबानका सर्वोच्च नेता

काबुल । तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रुपमा देखा परेका अधिकारीहरूले आइतवार घोषणा गरेका छन् । उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने  कान्दाहार प्रान्तमा समर्थकहरुलाई सम्बोधन गरेका थिए । 

अखुन्दजादा सन् २०१६ देखि इस्लामवादी आन्दोलनको प्रमुख रहदै आएका थिए । तर अगस्टमा उनको समूहले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पनि उनी सार्वजनिक रुपमा देखा परेका थिएन ।  

तालिबान सरकारमा उनको भूमिकाको बारेमा अनुमान लगाइएको छ । यद्यपी उनको मृत्युको अफवाह पनि फैलिएको थियो । तालिबान अधिकारीहरुका अनुसार शनिबार उनले दारुल उलूम हकिमाह मदरसाको भ्रमण गर्दै आफ्ना लडाकू  चेलाहरुसँग कुरा गरेका तालिबान अधिकारीहरूले बताएका थिए । 

सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा परी तालिबानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुर मारिएपछि अखुन्दजादालाई सत्ताको द्रुत संक्रमणकालमा तालिबानको नेता नियुक्त गरिएको थियो । (एएफपी )

प्रतिक्रिया दिनुहोस