कात्तिक अन्तिम सातादेखि ई–पासपोर्ट

पत्रपत्रिकाबाट

आइतबार, १४ कार्तिक २०७८, ०८ : ००
कात्तिक अन्तिम सातादेखि ई–पासपोर्ट

काठमाडौं । सरकारले कात्तिक अन्तिम सातादेखि ई–पासपोर्ट जारी गर्ने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयअन्तरगत राहदानी विभागबाट जारी गरिने ई–पासपोर्टमा नमुना परीक्षण सुरु गर्न लागिएको विभागले जनाएको छ । 

केन्द्रीय राहदानी विभागका निर्देशक शरद आरणका अनुसार ई–पासपोर्ट आगामी कात्तिक अन्तिमबाट जारी गरी काम भइरहेको छ । राजधानी दैनिकमा खबर छापिएको छ।

प्रतिक्रिया दिनुहोस