विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई विराटनगरका किसानले उम्रिएको धान बुझाएका छन्।
शनिबार विराटनगर आएको समयमा कार्यक्रमस्थलमै पुगेर कात्तिक पहिलो साताको हावाहुरी, वर्षा र बाढीका कारण प्रभावित भएका विराटनगर ५ का किसानहरुले बाढीका कारण खेतमा उम्रिएको धान लिएर कार्यक्रमस्थलमा पुगेका थिए। अध्यक्ष नेपाललाई विराटनगर–५ की किसान अमला तुलाले प्रतिनिधिमूलक रुपमा खेतमै उम्रिएको धान बुझाएको थिइन्।
‘अध्यक्षज्यू मेरो २ बिघा जमिनमा लगाएको सबै धान यस्तो भयो’ उम्रिएको धान बुझाउँदै उनले भनिन्। उनले छिमेकी साथीहरुको पनि यस्तै समस्या रहेको अध्यक्ष नेपाललाई बताइन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ कार्तिक २०७८, १९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड