विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई विराटनगरका किसानले उम्रिएको धान बुझाएका छन्।
शनिबार विराटनगर आएको समयमा कार्यक्रमस्थलमै पुगेर कात्तिक पहिलो साताको हावाहुरी, वर्षा र बाढीका कारण प्रभावित भएका विराटनगर ५ का किसानहरुले बाढीका कारण खेतमा उम्रिएको धान लिएर कार्यक्रमस्थलमा पुगेका थिए। अध्यक्ष नेपाललाई विराटनगर–५ की किसान अमला तुलाले प्रतिनिधिमूलक रुपमा खेतमै उम्रिएको धान बुझाएको थिइन्।
‘अध्यक्षज्यू मेरो २ बिघा जमिनमा लगाएको सबै धान यस्तो भयो’ उम्रिएको धान बुझाउँदै उनले भनिन्। उनले छिमेकी साथीहरुको पनि यस्तै समस्या रहेको अध्यक्ष नेपाललाई बताइन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ कार्तिक २०७८, १९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल