काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएको भन्दा १५ दिन पछाडि सरेको छ । केन्द्रीय निर्वाचन समितिले मंसिर २४ , २५ र २६ गते महाधिवेशन गर्नेगरी नयाँ कार्यतालिका पारित गरेको छ । यसअघि निर्वाचन समितिमा मंसिर २७ देखि महाधिवेशन गर्न प्रस्ताव भएपनि आजको बैठकले मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।
निर्वाचन समितिका संयोजक महादेव यादवसहित सदस्यहरु गोपालकृष्ण घिमिरे, सीताराम केसी, एगराज पोखरेल र तेजबहादुर रावलले संयुक्त हस्ताक्षरमा नयाँ महाधिवेशन कार्यतालिका सार्वजनिक गरेका छन् । जसअनुसार वडा अधिवेशन सुरु नभएका जिल्लाहरुमा कात्तिक २७ गते वडा अधिवेशन हुनेछ । निर्वाचन समितिले जिल्लाअनुसार अलग अलग अधिवेशन तालिका सार्वजनिक गरेको हो ।
जसअनुसार वडा अधिवेशन समेत नभएका जिल्लाहरुमा कात्तिक २७ मा वडा अधिवेशन, कात्तिक ३० मा पालिका अधिवेशन, मंसिर ३ मा प्रदेश सभा अधिवेशन, मंसिर ६ मा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र मंसिर १० मा जिल्ला अधिवेशन हुनेछ । निर्वाचन समितिले अधिवेशन बाँकी रहेका हिमाली जिल्लाहरु दार्चुला, सोलुखुम्बु र म्याग्दीमा कात्तिक २७ गते प्रदेशसभा अधिवेशन र मंसिर १ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ कार्तिक २०७८, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
कांग्रेस कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बस्ने
कांग्रेसमा संसदीय दल नेता चयन : गगन र विश्वप्रकाशकै मत बाझियो
राजेन्द्र बजगाईंले छोडे कांग्रेस
कांग्रेसको संसदीय नेता चयन वैशाख ४ गते
कांग्रेसको १५औँ महाधिवेशन कार्यतालिका रोक्न माग गर्दै सर्वोच्चमा रिट, पेसी आज