काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय तथा मन्त्रालय मातहतमा कार्यरत १३ उपसचिवको काज सरुवा भएको छ । बुधबार सचिवस्तरीय निर्णयबाट उनिहरुको काज सरुवा गरिएको मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतलाई राष्ट्रिय परिचय पत्र तथा पञ्किरण विभागमा पठाइएको छ भने ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारीमा हरी पन्तलाई पठाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काज सरुवा गरिएको भने श्रीधर केसीलाई सुर्खेतको सहायक प्रमुख जिल्ला अधिकारीमा खटाएको प्रवक्ता पोखरेलले जानकारी दिए ।
यसैगरी नारायण पाण्डे इलाका प्रशासन कार्यालय चन्द्रौटा, ईश्वरीप्रसाद ढकाल कास्कीको सहायक प्रमुख जिल्ला अधिकारी, विष्णु पौडेल सहायक प्रमुख जिल्ला अधिकारी बाँके, मिना अर्यालको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग, सागर शाहलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन र इलाका प्रशासन कार्यालय उर्लाबारीका श्रवणकुमार पोखरेललाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको जनाइएको छ ।
लक्ष्मण ढकालको कारागार व्यवस्थापन विभाग, मोहनप्रसाद अर्याल इलाका प्रशासन कार्यालय बारा, वासुदेव घिमिरे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ कार्तिक २०७८, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
विवादमा तानिँदै घन्टी पार्टी, वालेन्द्र साहको नागरिकता विवरणबारे छानबिन गर्न गृह मन्त्रालयमा उजुरी
निष्पक्ष र निर्भीक भई आचारसंहिता अनुगमन गर्न सहायक प्रजिअलाई गृह मन्त्रालयको निर्देशन