काठमाडौं । प्रतिनिधिसभाको बैठक २९ कात्तिकसम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सुनाइएको थियो भने राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन ०७७/७८ पेस गरिएको छ ।
साथै प्रतिनिधिसभाको बैठकमा लगातार अनुपस्थित सांसदहरूबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृत गरिएको छ ।
बिरामी भएर स्वास्थ्य लाभ गरे र उपचार गराइरहेका सांसदहरूको अनुपस्थितिको सूचना स्वीकृत गरेको बैठकमा सभामुख सापकोटाले पूर्वप्रधानमन्त्री झलनाथ खनाल १३ पटक, कर्मा घले १३ पटक र प्रदीप गिरी पनि १३ पटक बैठकमा अनुपस्थित रहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ कार्तिक २०७८, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपाको अवरोध
डोलप्रसाद र रामहरिबीच संसदमा चर्काचर्की
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध
शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सर्यो
भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्न माओवादीको माग