झापा । झापाको गौरादह– १ स्थित भित्रीपक्की सडकमा सवारी साधान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उक्त सडकको दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ त ७६८७ नं को ट्र्याक्टरबाट लडेर कन्काई नगरपालिका–६ का ४० वर्षीय गङ्गाबहादुर तामाङको मुत्यु भएको हो ।
गएराति भएको सो दुर्घटनाका घाइते तामाङको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा राति ९ बजे मृत्यु भएको गौरादहस्थित ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्र्याक्टर चालक डम्बरबहादुर कार्कीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
त्यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमकमा मे ७ प ७०१० नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सो मोटरसाइकलका चालक शिवसताक्षी–७ का ६५ वर्षीय अम्बिका अधिकारी र पछाडि सवार ६३ वर्षीय कृष्णप्रसाद गौतम घाइते भएका र उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ । सिटी सफारीलाई जोगाउने क्रममा सो मोटरसाइकल दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ११ कार्तिक २०७८, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते
सवारी दुर्घटनामा एक युवकको मृत्यु, दुई घाइते
गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा भ्यान दुर्घटना हुँदा ९ जना घाइते