चितवन । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माडीको प्रमुख धार्मिक पर्यटकीय स्थल सोमेश्वरगढी अवलोकन गरेका छन् । आज बिहान ‘मर्निङ वाक’ मा निस्केका उनी सोही क्रममा सोमेश्वरगढीको अवलोकन गरेका हुन् ।
‘मर्निङ वाक’ को क्रममा करिब एक किमि पैदल हिड्दै प्रचण्ड सोमेश्वर पुगेका हुन् । अवलोकनको क्रममा अध्यक्ष प्रचण्डले गढीमा कुँदिएका ५३ वटा कलात्मक विशालमूर्तिहरुको अवलोकन पनि गरे । सोमेश्वरगढी भ्रमण वर्षका लागि छनौट भएका एक सय गन्तव्य मध्येको एक हो ।
माडीका मेयर ठाकुरप्रसाद ढकाल, भरतपुर महानगरका मेयर रेनु दाहाल, स्वकिय सचिव गंगा दाहाल, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, चितवन प्रहरी प्रमुख ओमप्रसाद अधिकारी सहितको टोली सोमेश्वरगढी पुगेका हुन् ।
मेयर ढकालका अनुसार सोमेश्वरगढीमा सिढीं निर्माण र भ्युटावर निर्माण गर्न पूर्वप्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता जनाएको बताए । ‘भ्युटावर बनाएर राष्ट्रिय झण्डा राख्ने योजना सुनायौं, उहाँले ६० लाख बजेट निकासा गर्न पहल गर्ने बताउनुभएको छ’, मेयर ढकालले भने, ‘देशकै पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न सघाउने वचन दिनु भएको छ ।’ सोमेश्वरगढीमा रहेका ढुंगाहरुमा २०७७ सालमा मूर्ति कुँदिएको थियो । नेपाल र भारतको सिमामा रहेको सोमेश्वरगढीमा सीमा स्तम्भ समेत छ ।
मंगलबार चितवन आएका प्रचण्ड बुधबार माडी पुगेका हुन् । प्रचण्डले आज बाँदरझुलाकास्थानीय तथा सुकुम्बासीलाई नागरिकता वितरण गर्ने कार्यक्रम रहेको छ । बुधबार सॉझ आफ्नो निर्वाचन क्षेत्र माडी प्रवेश गरेका अध्यक्ष प्रचण्डले माडी स्थित गठबन्धन दलका प्रतिनिधीहरूसंग समसामयिक राजनितिक अवस्था तथा गठबन्धन दलका सहयात्रीहरूले खेल्नुपर्ने भूमिका गर्दै समग्र माडिको बिकासका बारेमा छलफल गरेका थिए ।
अध्यक्ष प्रचण्डले माडीमा अगुवा कार्यकर्ताहरूसंग छलफल समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ कार्तिक २०७८, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित