२४ बुँदे कार्ययोजना कार्यान्वयनका लागि समाजवादीले गर्यो निर्देशन

पत्रपत्रिकाबाट

विहीबार, ११ कार्तिक २०७८, ०७ : ४४
२४ बुँदे कार्ययोजना कार्यान्वयनका लागि समाजवादीले गर्यो निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले अन्तरपार्टी निर्देशन (अपानि) मार्फत देशभरका सम्पूर्ण पार्टी कमिटी एवं सङ्गठनलाई २४ बुँदे तत्कालीन कार्ययोजना कार्यान्वयनका लागि निर्देशन दिएको छ।

आगामी तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, सङ्घीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका तथा सबै वडामा पार्टी कमिटी गठन गर्न परिपत्र गरिएको छ।

सोही अभियानअन्तर्गत ‘एक वडा एक सय सङ्गठित सदस्य र एक हजार पार्टी सदस्य’ अभियान सञ्चालन गरिने छ। त्यसअन्तर्गत जनसङ्गठनका कमिटी पनि पर्दछ। विविध कारणले एकीकृत समाजवादी पार्टीमा सनाखत गरी आउन असमर्थ देखिएका जनप्रतिनिधिलाई पार्टीमा प्रवेश गराउन, सहयोगी बनाउन तथा मित्रवत् वातावरण निर्माण गर्न पहल गर्नेसहितका विषय तत्कालीन कार्ययोजनामा समावेश गरिएको छ।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नथ खतिवडाले आज जारी गरेको विज्ञप्तिमा गत असोजको पहिलो र तेस्रो सातामा काठमाडौँमा सम्पन्न केन्द्रीय कमिटीको प्रथम बैठक र स्थायी कमिटीको सातौँ बैठकले गरेका निर्णयलाई यही कात्तिक ९ गते अपानिमा निर्देशन गरिएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस