काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदमा बसिरहे न्याय सम्पादन क्षतविक्षत हुने बताएका छन् ।
नेपाल बार एशोसिएसन सल्लाहकार समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले प्रधानन्यायाधीश जबराले गरेका काम न्यायसम्मत नभएको र पदमा बसिरहे न्याय सम्पादन अझ क्षतविक्षत हुने बताए ।
कानून व्यवसायीहरु एक मतले प्रधानन्यायाधीश जबराको राजीनाको पक्षमा रहेको उनको भनाइ छ । उनले प्रधानन्यायाधीशलाई राजीनामा गर्न सुझाव दिएका छन् । जबरा प्रधानन्यायाधीश रहुञ्जेल कानून व्यवसायीहरुले बहस नगर्ने भन्दै उनले अदालत र न्याय प्रशासन नचलेमा त्यसको जिम्मा प्रधानन्यायाधीशले लिनुपर्ने बताए । उनले भने, ‘राजनीतिक लेनदेन प्रधानन्यायाधीशले गरेका हुन् भन्नेमा हामीहरु पुगेका छौं । साँठगाँठ भएको तमाम कानून व्यवसायीलाई लागेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ कार्तिक २०७८, १९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध संसदीय सुनुवाइ समितिद्वारा उजुरी आह्वान
को हुन् प्रधानन्यायाधीश सिफारिस भएका शर्मा ?
प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै
वरिष्ठतम न्यायाधीश मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा
भारतीय प्रधानन्यायाधीश किन आउँदैछन् नेपाल ?