एउटा डोरीवाला खाटको मुल्य ६६ हजार !

एजेन्सी

सोमबार, ०८ कार्तिक २०७८, १५ : ०१
एउटा डोरीवाला खाटको मुल्य ६६ हजार !

एजेन्सी । नेपाली समाजमा खाटको प्रयोग सयौँ बर्षदेखि हुँदै आएको छ । त्यसैले हरेक नेपालीको घरमा खाट छ पनि । तर, यही खाटको माग भने अब विदेशमा हुन थालेको छ ।

सामाजिक सञ्जालमा भाइरल एक पोष्ट अनुसार नेपाली समाजमा लोकप्रिय खाटलाई अनलाईन बिक्रिमा राखेको पाइएको छ । तर यसमा रोचक के त ? यो त सामान्य विषय हो भन्ने लाग्ला ? यसमा रोचक भनेको अनलाईनमा राखिएको खाटको मुल्य हो ।

न्यूजिल्याण्डको एक ब्राण्ड एनाबेल्सले आफ्नो वेबसाइटमा खाटलाई अनलाइन बिक्रिमा राख्दै यसको मुल्य डलर ८०० अर्थात करीब ६६ हजार नेपाली रुपैँया राखिएको छ । पोष्टमा देखिए जस्तो जस्तो खाट नेपालमा बढीमा १० हजारमा आउँछ । यो चारखुट्टा भएको काठमा काठकै बीम हालेर डोरी बाधेँर बनाइने खाट हो ।

स्रोत : जी न्यूज

प्रतिक्रिया दिनुहोस